Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा आज  मानसिक स्वास्थ्य शिविर
Atrya hospital

बैतडी- जिल्ला अस्पताल बैतडीमा आज  मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै छ  । मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन भैरहेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर सुशिल बिकले जानकारी दिए ।

शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने बताइएको  छ । शिविरमा मानसिक रोग बिशेषज्ञ डा.निराजन भट्टराईले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट   डाक्टर बिकले बताए । निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ ।

जिल्ला अस्पताल बैतडीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । शिविरमा आएर सेवा लिनका लागि  मानसिक समस्या भएका बिरामीहरुलाई आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update