Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकामा मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा  वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । गाउँपालिकामा यहि असोज १५ गते मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने  भएको हो ।

“सामुदायिक विद्यालयको गुणस्तर उकास्नमा विद्यार्थीको भूमिका”भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंक प्रशाद अवस्थीले जानकारी दिए । विद्यार्थीको अन्तर्निहित सिर्जनशीलता प्रस्फुटन गरेर पढाइको गुणस्तरमा सुधार ल्याउन वक्तृत्वकालको आयोजन गरिएको उनले बताए ।

Atrya hospital

प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका  एक जना छात्र वा छात्राले  सहभागिता जनाउन पाउने छन् । यस्तै वक्तृत्वकला प्रतियोगितामा पुरस्कारको  समेत व्यवस्था गरिएको  छ । प्रतियोगितामा प्रथम हुनेलाई २ हजार ७ सय ७५  प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै द्धितिय हुनेलाई २ हजार ४ सय  सहित  प्रमाणपत्र, तृतीय हुनेलाई २ हजार २५ रुपैँया सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १५ सय सहित प्रमाणपत्र प्रदान गरिने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताले  विद्यार्थीहरुमा  पढाइ प्रति रुचि बढ्ने र शिक्षाको  गुणस्तर सुधारमा टेवा पुग्ने  अपेक्षा गरिएको छ । 

384388357_325495543318626_7129049074466246125_n (1)1696042161.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update