
बैतडी- बैतडीको शिबनाथ गाउँपालिका २ मा कुमारी बैंकको शाखा रहित बैंकिङ सेवा सुरु भएको छ। पालिकाको शर्मालीमा रहेको मिलन मोबायल ग्यालरीमा कुमारी बैंकको शाखा रहित बैंकिङ सेवा सुरु भएको हो । एक कार्यक्रमका बिच शुक्रबार शाखाको उद्घाटन गरिएको छ ।
टाढाका सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर शर्मालीमा शाखा रहित बैंकिङ सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । कुमारी बैंकले दिने सबै प्रकारका सेवा दिईने कुमारी बैंक मेलौली शाखाका प्रबन्धक नरेन्द्र सिंह साउदले बताए ।
उक्त शाखा रहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने,लगायतका काम हुने उनले बताए । आफ्नै ठाउँमा बैकिङ सेवा सुरु भएपछि नागरिकहरुको टाढा जानुपर्ने बाध्यता हटेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० १०:०७
प्रतिक्रिया दिनुहोस्