Sagun Khabar
बैतडीको देहीमाण्डौंमा लागेको ठुली जातमा १८ जना देउडीया सम्मानित 

बैतडी- बैतडीको  देहिमाण्डौमा लागेको ठुली जातमा १८ जना देउडीया सम्मानित भएका छन्  । जिल्लाको  दशरथचन्द नगरपालिका वडा नं २ मा रहेको प्रसिद्ध  निङ्गलाशैनी भगवती मन्दिरमा  अनन्त चतुर्दशीमा लागेको ठुली जात मेलामा १८ जना स्थानीय देउडीया कलाकार  सम्मानित भएका हुन् ।

स्थानीय  कला संस्कृतिको जगेर्ना गर्न अहम भुमिका खेलेको भन्दै दशथचन्द नगरपालिका वडा नं २,  निङ्गलाशैनी चाडपर्व तथा मेला व्यवस्थापन समितिले देउडीयाहरुलाई  सम्मान गरेको मेला व्यवस्थापन समिति कोषाध्यक्ष  मनोज बोहराले  बताए ।

Atrya hospital

 देहिमाण्डौंमा लागेको  ठुली जातमा प्रत्यक्ष देउडाखेलेका १८ जना देउडीया सम्मानित भएका उनले  बताए । देउडीयाहरुलाई नगद सहित  अबिर र  खादा लगाएर सम्मान गरिएको बोहराले  बताए । बैतडीको विभिन्न ठाउँबाट आएका देउडीयाहरु सम्मानित भएका हुन् ।  देहीमाण्डौंमा लाग्ने  ठुली जातमा प्रत्येक वर्ष देउडीयाहरुलाई  सम्मान गरिन्छ । अगामि दिनमा पनि यस्ता सम्मानका कार्यक्रम गरिने मेला व्यवस्थापन समिति कोषाध्यक्ष बोहराले  बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला लाग्ने गर्दछ । जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । जात्राको अवसरमा देउडा समेत हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ ।

महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको हो  ।  

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update