Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु
Atrya hospital

बैतडी- बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया  सुमिता बिष्टको शनिबार भीरबाट लडेर मृत्यु भएको हो।

दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भीरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्  । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update