Sagun Khabar
बैतडीको पञ्चेश्वरले गर्भवती र सुत्केरीलाई रेफर गर्नुपरे यातायात खर्च व्यहोर्ने

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले  गर्भवती र सुत्केरीलाई रेफर गर्नुपरे यातायात  खर्च व्यहोर्ने भएको छ । जटिल समस्याका गर्भवती र सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पतालहरूमा प्रेषण गर्नु परेमा यातायात खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो ।

गाउँपालिकाले एक सूचना जारी गरेर पालिका भित्रका बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकीबाट जटिलता देखा परि प्रस्तुति         तथा गर्भवतीलाई सुविधा सम्पन्न अस्पताल प्रेषण गर्नुे परे यातायात खर्च स्वास्थ्य शाखाबाट भुक्तानी गरिने उल्लेख गरेको छ ।

खर्चका लागि रेफर गरिएको  कागजात, स्वास्थ्य संस्थाबाट लिएको सेवा सम्बन्धि कागजात र एम्बुलेन्सको विल सहित निवदेन स्वास्थ्य शाखामा बुझाउन पालिकाले अनुरोध गरेको छ । पञ्चेश्वर गाउँपालिकाले  दिने यो सुविधाले आर्थिक अभाव भएकालाई सहज भई मातृ तथा शिशुमृत्युदरमा कमि आउने अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update