Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाले बाँड्यो जेष्ठ नागरिकलाई न्यानो कम्बल 
Atrya hospital

बैतडी- बैतडीको सिगास गाउँपालिकाले ९० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको  छ ।  अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आइतबार  गाउँपालिकाले प्रत्येक वडाका १०÷१० जना जेष्ठ नागरिकलाई  एक÷एक ओटा न्यानो कम्बल वितरण गरेको  हो ।

जेष्ठ नागरिक दिवसको  अवसरमा सम्मान स्वरुप ९ ओटै  वडाका ९० जना जेष्ठ नागरिकहरुलाई  एक÷एक न्यानो कम्बल वितरण गरेको गाउँपालिकाका प्रवक्ता अमर सिंह धामीले जानकारी दिए । आज प्रत्येक वडाहरु मार्फत कम्बल वितरण गरिएका उनको भनाई छ ।

पालिकाको  बजेटबाट जेष्ठ नागरिकहरुलाई  हिंउदेयामको  चिसो छेक्न सहज होस भनेर कम्बल वितरण गरिएका प्रवक्ता धामीले  बताए । पालिकाले  कम्बल वितरण गरेपछि  जेष्ठ नागरिकहरु पनि  खुसि भएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update