Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा सम्पन्न मानसिक स्वास्थ्य शिविरमा ५२ जनाले सेवा लिए

बैतडी- जिल्ला अस्पताल बैतडीमा शनिबार  सञ्चालन भएको मानसिक स्वास्थ्य शिविरमा ५२ जनाले सेवा लिएका छन् । मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर  सञ्चाल भएको  शिविरमा ५२ जनाले सेवा लिएका हुन् ।

विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।  स्वास्थ्य शिविरमा २८ पुरुष, २३ महिला र  एक जना बालकले सेवा लिएका जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर सुशिल बिकले जानकारी दिए ।

Atrya hospital

मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेकाले स्थानीय नागरिकलाई सेवा लिन सहज होस भनेर अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए ।  शिविरमा मानसिक रोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिएका थिए ।

शिविरमा आएका बिरामीहरुलाई आवश्यक उपचारका साथै परामर्श सेवा समेत दिइएको छ । विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा जिल्ला अस्पताल बैतडीमा प्रत्येक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै  आएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update