Sagun Khabar
बैतडीको सुर्नयामा वक्तृत्वकला प्रतियोगिता भोलि 

बैतडी -बैतडीको सुर्नया गाउँपालिकामा  भोलि वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । गाउँपालिकामा भोलि मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।

“सामुदायिक विद्यालयको गुणस्तर उकास्नमा विद्यार्थीको भूमिका”भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंक प्रशाद अवस्थीले जानकारी दिए । वक्तृत्वकला प्रतियोगिताका लागि सम्पूर्ण  तयारी  पुरा भएको उनले बताए ।

Atrya hospital

भोलि बिहान ११ बजे  पालिकाको  केन्द्रमा कार्यक्रम गरिने उनले बताए ।   विद्यार्थीको अन्तर्निहित सिर्जनशीलता प्रस्फुटन गरेर पढाइको गुणस्तरमा सुधार ल्याउन वक्तृत्वकालको आयोजन गरिएको उनले बताए । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका  एक जना छात्र वा छात्राले  सहभागिता जनाउने  छन् ।

यस्तै वक्तृत्वकला प्रतियोगितामा पुरस्कारको  समेत व्यवस्था गरिएको  छ । प्रतियोगितामा प्रथम हुनेलाई २ हजार ७ सय ७५  प्रमाणपत्र प्रदान गरिने छ । यस्तै द्धितिय हुनेलाई २ हजार ४ सय  सहित  प्रमाणपत्र, तृतीय हुनेलाई २ हजार २५ रुपैँया सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १५ सय सहित प्रमाणपत्र प्रदान गरिने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताले  विद्यार्थीहरुमा  पढाइ प्रति रुचि बढ्ने र शिक्षाको  गुणस्तर सुधारमा टेवा पुग्ने  अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update