Sagun Khabar
बैतडीको एक होटेलमा युवक मृत फेला 

बैतडी-बैतडीको होटेलमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका  वडा नं ८ स्थित नेपाल–भारत सीमामा पर्ने  झुलाघाट  बजारको बोहरा  होटेलभित्र एक ३३ वर्षिय युवक मृत फेला  परेका हुन् ।

मृत फेला परेका  युवक बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ बुडखोरिका  हिक्मत धामी रेहका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी  दिए ।

 उनका अनुसार भारतको अलमोडबाट  काम गरेर स्वदेश फर्किएका युवक राति बोहरा होटेलमा बास बेसका थिए । बास बसेका युवक राति साढे २ बजेको समयमा होटेलको माथिल्लो तलाको कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रवक्ता खत्रीले बताए ।

मृत्युको  कारण खुलेको  छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको  छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update