Sagun Khabar
बैतडीमा दुई फरार प्रतिवादी प्रकाउ 

बैतडी- बैतडीमा दुई फरार प्रतिवादी प्रकाउ  परेका छन् । भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना सुनाइएका दुई फरार प्रतिवादीलाई बैतडी प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका देवराज कपाडी र सोहि गाउँपालिका ४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले  जानकारी दिए । उनीहरुलाई  घरबाटै पक्राउ  गरिएको उनले  बताए ।

२०७६ मा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विषेश अदालतले कपाडीलाई ३०हजार ९५० रुपैँया जरिवाना र ४ महिना कैद सजाय तथा भण्डारीलाई १६ हजार ५५० रुपैँया जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसलापछि दुबैजना फरार सूचीमा रहेकोमा पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए।

कपाडी जस्लिङ आधारभूत विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष र भण्डारी बटैराज आधारभूत विद्यालयका शिक्षक रहेका बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update