Sagun Khabar
बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा चौबिसै घण्टा स्वास्थ्य सेवा 

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीले चौबिसै घण्टा स्वास्थ्य सेवा दिने भएको छ । मंगलबार बसेको स्वास्थ्य व्यवस्थापन समितिको बैठकले चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा दिने निर्णय गरेको हो ।

आजबाट स्वास्थ्य संस्थामार्फत चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गर्ने  निर्णय भएको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए ।

यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा दिइरहेको स्वास्थ्य संस्थाले अब अन्य आकस्मिक सेवाहरु पनि चौबिसै घण्टा प्रदान गर्ने उनको  भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update