सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
बैतडी -बैतडी सहित सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ। आज मंगलबार २ बजेर ४० मिनेट र ३ बजेर५ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो। ३ बजेर ५ मिनेट जादा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो।
सुदूर पहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १५:२२
प्रतिक्रिया दिनुहोस्




