Sagun Khabar
एमालेको प्रदेश अधिवेशनःबैतडीबाट ६८ जना प्रतिनिधि छनौट 

बैतडी- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनौट भएका छन् । प्रदेश अधिवेशनका लागि जिल्लाका १० ओटै  पालिकाबाट ६८ जना प्रदेश प्रतिनिधि छनौट  भएका हुन् ।

पाटन नगरपालिका र  पुर्चाैडी नगरपालिकाबाट ६÷६ जना, सिगास गाउँपालिकाबाट ३, सुर्नया गाउँपालिकाबाट ५, डिलासैनी गाउँपालिकाबाट ८, दोगडाकेदार गाउँपालिकाबाट ९ जना प्रतिनिधि छनौट भएका छन् । यस्तै दशरथचन्द नगरपालिकाबाट ७, पञ्चेश्वर गाउँपाकिलाबाट २, शिवनाथ गाउँपालिकाबाट ३, मेलौली नगरपालिकाबाट पनि ३ जना प्रतिनिधि छनौट भएका  एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

यस्तै  दलिततर्फ प्रदेश निर्वाचन क्षेत्र (क)बाट ६ र (ख)बाट १० जना छनौट भएका उनले  बताए ।  पुर्चाैडीमा ४ जना सदस्यका लागि खुलातर्फ निर्वाचन भएको र अन्य पालिकामा सर्बसम्मत नै प्रतिनिधि छनौट भएका नेकपा एमाले बैतडीले  जनाएको  छ ।

 असोज २१ र २२ गते धनगडीमा  एमालेको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन हुँदै  छ ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update