Sagun Khabar
बैतडीका दुई घरबाट सुन र नगद चोरी

बैतडी–बैतडीका दुई घरबाट सुन र नगद चोरी भएको छ । पाटन नगरपालिका ४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

बुधबार दिउँसोको समयमा गंगासिंह महराको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलरी चोरी भएको छ । यस्तै सोही ठाउँका तारासिंह महराको घरबाट २ आना र ५ आनाको दुईटा तिलरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ । 

घरभित्र बाकसमा राखेका सुनका गहना र नगद चोरी भएको स्थानीय तारासिंह महराले बताए । गाउँमा दिउँसो एकजना अपरचित व्यक्ति आएको जानकारी भएको तर को हो भन्ने कुरा अहिले सम्म नखुलेको बताइएको छ । 

कसले चोरी गर्यो भन्ने कुरा अहिले सम्म खुलेको छैन् । चोरी कार्यमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update