Sagun Khabar
बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट ६८ वर्षीय वृृद्धको मृत्यु   

बैतडी- बैतडीमा  स्क्रब टाइफसको संक्रमणबाट एक जना  बृद्धको मृत्यु भएको छ। जिल्लाको  दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारीको बिहीवार स्क्रब टाइफसको  संक्रमणबाट मृत्यु भएको  जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिए  ।

उनका अनुसार उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। यसका साथै ती बृद्धको रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीको समस्या पनि देखा परेको डाक्टर चालिसेले बताए ।

अक्सिजनको कमी र थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उनको  मृत्यु भएको बताइएको  छ ।  माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्दछ। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको आग्रह छ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update