नेपालको भीसामा झुलाघाट नाकाबाट चिनियाँ महिलाले भारत जान खोजेपछि ...
बैतडी –नेपाल भारत सीमा नाका भएर भारत जान खोजेकी एक चिनियाँ महिलालाई नाकाबाटै फिर्ता गरिएको छ । नेपालको मात्रै भीसा भएकी चिनियाँ महिलासंग भारत जाने भीसा नभएको बिषयमा जानकारी दिएपछि उनी आँफै नाकाबाट फर्केकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगश खत्रीले बताए ।
बिहीबार दिउँसो सीमा नाका झुलाघाट पुगेकी ती महिलासंग कागजपत्र माग्दा उनीसंग नेपाल घुम्ने मात्रै भीसा भएकाले नाकाबाटै फर्काइएको उनले बताए ।
ती चिनियाँ महिलासंग नेपाल घुम्ने सबै वैधानिक कागजपत्र भएपनि अर्को देश जाने कागजपत्र नभएको प्रहरीले जनाएको छ ।
नेपाल घुम्न आएकी चिनियाँ महिला सीमा नाकाबाट भारत जान किन खोजेकी हुन् भन्ने बिषयमा केही खुलेको छैन् ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० २०:५९
प्रतिक्रिया दिनुहोस्




