Sagun Khabar
बैतडीको पुर्चौंडीले वितरण गर्यो हाते ट्याक्टर र मकै छिल्ने मेसिन 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले उत्कृष्ट किसान र कृषक समूहहरुलाई हाते ट्याक्टर र मकै छिल्ने मेसिन (कर सेलर) वितरण गरेको छ ।  

शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर कृषक समूहहरुलाई हाते ट्याक्टर र मकै छिल्ने मेसिन हस्तान्तरण गरिएको नगरपालिकाका कृषि विकास अधिकृत उत्तमबहादुर बिष्टले बताए । 

नगरपालिकाले प्रत्येक वडामा रहेका कृषक समूहमध्ये उत्कृष्ट कृषक समूहहरुलाई एक÷एक हाते ट्याक्टर वितरण गरेको जनाएको छ । यस्तै मकै पकेट कार्यक्रम अन्तर्गत छनौट भएका ६ ओटा कृषक समूहलाई हाते ट्याक्टर र मकै छिल्ने मेसिन हस्तान्तरण गरिएको कृषि विकास अधिकृत बिष्टले बताए । 

यस्तै पुर्चौंडी नगरपालिका १ का किसान रणबहादुर बिष्टलाई उत्कृष्ट किसानको रुपमा हाते ट्याक्टर प्रदान गरिएको छ । 

किसान तथा कृषि समूहहरुलाई हाते ट्याक्टर र मकै छिल्ने मेसिन वितरण गर्दै नगर प्रमुख दीपकबहादुर बमले आधुनिक कृषि औजारको प्रयोगबाट किसानहरुलाई व्यवसायिक कृषि पेशामा लाग्न सहज हुने बताए । नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले किसानहरुलाई प्रविधि, बीउविजन र तालिम दिइरहेको समेत बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update