बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने भएको छ । यहि असोज २२ गते देखि निःशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने भएको हो ।
गाउँपालिकाको अयोजनामा गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालनको तयारी भएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । वडा नं ४को हाडाकोट स्वास्थ्य चौकीमा यहि असोज २२ गते, वडा नं ७ को डिलाशैनी स्वास्थ्य चौकीमा २४ गते , वडा नं ५ को पुजारीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा २५ गते निःशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने गाउँपालिकाले सूचना मार्फत जनाएको छ ।
यस्तै वडा नं १ को बरम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २६ गते , वडा नं २ को कोटपेटरा स्वास्थ्य चौकीमा २७ गते र वडा नं ३को रुद्रेश्वर स्वास्थ्य चौकीमा असोज २८ गते शिविर सञ्चालन हुने भएको हो ।
गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाई मातृ मृत्यु तथा शिशु मृत्यु रोक्नका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । पाइक पर्ने स्वास्थ्य संस्थामा लागेको शिविरमा आएर सेवा लिन पनि अनुरोध गरिएको छ ।




