Sagun Khabar
विद्यार्थीहरुलाई जीवन बीमा सम्बन्धी जानकारी आदानप्रदान 

बैतडी –बैतडीमा विद्यार्थीहरुलाई जीवन बीमाका बिषयमा जानकारी आदानप्रदान गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बैतडी शाखाले दशरथचन्द नगरपालिका शाहीलेकस्थित सरस्वती इंगलिस बोर्डिङका विद्यार्थीहरुलाई जीवन बीमा सम्बन्धी जानकारी दिएको हो । 

जीवनको बीमाको महत्वका बारेमा विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको कम्पनी अपरेशन स्टाफ नवराज पन्तले बताए । 

विद्यालयमा पुगेर कम्पनीका शाखा प्रमुख बिर्खराज जोशी, बजार व्यवस्थापक पदमसिंह नेगी, उत्तम महता लगायतले जीवन बीमाका बिषयमा जानकारी गराएका थिए । 

जीवनको बीमाको महत्वका बिषयमा जानकारी दिनका लागि विद्यार्थी र शिक्षकहरुका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पन्तले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update