Sagun Khabar
बैतडीमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते 

बैतडी–बैतडीमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका २ का नरबहादुर चन्दका ११ बर्षीय छोरा सन्तोष चन्द लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

छिमेकी लक्ष्मण महराको दुईतले घरको छतमा साइकल चलाएर खेलीरहेका चन्द आज दिउँसो छतबाट लडेका थिए । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ । 

घाइते सन्तोषको हात र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update