Sagun Khabar
बैतडीकी एक महिलालाई सर्पले डस्यो, जिल्ला अस्पतालमा उपचार हुँदै 

बैतडी –बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी कंकुरादेवी भट्टलाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

शुक्रबार दिउँसो घाँस काटिरहेको बेला भट्टलाई सर्पले टोकेको हो । घाइते भट्टको जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

बैतडीमा पछिल्लो समयमा सर्पदंशका घटना बढ्दै गएका छन् । यो बर्ष मात्रै सर्पको टोकाइबाट चार जनाको ज्यान गइसकेको छ । 

सर्पले टोकीहालेमा जिल्ला अस्पतालमा उपचारका लागि आउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यो बर्षदेखि जिल्ला अस्पतालमा सर्पदंशका बिरामीहरुको उपचार शुरु भइसकेको अस्पतालले जनाएको छ । 

सर्पले टोकीहालेमा वैद्यको झारफुक भरपर्दा धेरै मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update