बैतडी सहित सुदूरपहाडमा भूकम्पको धक्का महसुस
बैतडी - बैतडी सहित सुदूरपहाडमा फेरि भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ११ बजेर ४५ मिनेटमा बैतडी लगायत सुदूरपश्चिमका पहाडि जिल्लामा भूकम्पको धक्का महसु भएको हो ।
बिहान ११ बजेर ४५मिनेटमा बझाङको भाटेखोला केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक अनुसा दाहालले जानकारी दिईन ।
गत मंगलबार पनि बझाङ केन्द्र बिन्दु बनाएर सुदूरपहाडमा भूकम्पकले गएको थियो । सो भूकम्पकले बझाङमा सबै भन्दा बढी क्षति गरेको छ ।
केहि दिन देखि लगातार जसो भूकम्प गइराखेकाले नागरिकहरु डराएका छन् ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्




