बैतडी- बैतडीको पुर्चौडी नगरपालिकामा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने भएको छ । यहि असोज २१ गते पालिकाका विभन्न स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको हो ।
स्वास्थ्य शाखाको आयोजनामा गर्भवती महिलाहरुका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन हुन लागेको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार कुँवरले जानकारी दिए । नगरका विभिन्न स्वास्थ्य संस्थामा शिविर लाग्ने उनले बताए । उनका अनुसार असोज २१ गते बिजयपुर र भूमिराज स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ ।
यस्तै २३ गते न्वादेउ भटना स्वास्थ्य चौकीमा , २५ गते न्वाला र भटना नगर स्वास्थ्य केन्द्रमा, २६ गते तल्लादेहि स्वास्थ्य चौकीमा, २८ गते महादेवस्थान स्वास्थ्यचौकीमा र असोज ३० गते खालिडाडा नगर स्वास्थ्य केन्द्रमो शिविर लाग्ने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।
महिलाको गर्भ सम्बन्धि जटिता पहिचान गरि आमा र बच्चालाई सुरक्षित गर्न शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । पाइक पर्ने शिविरमा आएर सेवा लिन अनुरोध समेत गरिएको छ ।




