Sagun Khabar
बैतडी : दोगडाकेदारका ६ ओटा स्वास्थ्य संस्थाबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाका ६ ओटा स्वास्थ्यचौकीहरुबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा प्रदान गर्दै आएका स्वास्थ्य संस्थाहरुबाट अब आकस्मिक स्वास्थ्य सेवा चौबिसै घण्टा प्रदान हुन थालेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । 

पालिकाभित्रका ६ ओटा स्वास्थ्यचौकीबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न थालिएको उनले बताए । 
रीम स्वास्थ्यचौकी, सित्तड स्वास्थ्यचौकी, न्वाली स्वास्थ्यचौकी, श्रीकेदार स्वास्थ्यचौकी, श्रीकोट स्वास्थ्यचौकी र कटौंजपानी स्वासथ्यचौकीबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न थालिएको हो । 

स्वास्थ्यचौकीबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान हुन थालेपछि नागरिकलाई सहज भएको सित्तड स्वास्थ्यचौकीका इन्चार्ज नैनसिंह गोयलाले बताए । 

आम नागरिकको आधारभूत स्वास्थ्य सेवामा थप पहुँच पुर्याउन चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा दिन थालिएको रीम स्वास्थ्यचौकीका सिनियर अहेव शान्तिप्रसाद जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update