Sagun Khabar
अल्पायुमै अस्ताए रौलेश्वर माविका शिक्षक मडै, गाउँ शोकमा डुब्यो 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ५ स्थित रौलेश्वर मावि रामकी बरायलमा कार्यरत शिक्षक प्रताप मडैको अल्पायुमै निधन भएको छ । विद्यालयमा शुक्रबार भलिबल खेल्ने क्रममा एक्कासी बेहोस भएका शिक्षक मडैको शनिबार निधन भएको हो । 

बेहोस भएका मडैलाई उपचारका लागि धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको विद्यालयका शिक्षक गणेशदत्त अवस्थीले बताए । कक्षा ११ र १२ मा वाणिज्य संकायमा अध्यापन गराउने शिक्षक मडैको निधन भएपछि विद्यालय शोकमा डुबेको शिक्षक अवस्थीले बताए । 

रौलेश्वर माविमा आइतबार शोक बिदा समेत दिइएको छ । 

सुर्नया गाउँपालिका ५ मड घर भएका शिक्षक मडैको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेका रौलेश्वर माविका प्रधानाध्यापक गोपालसिंह मडैले बताए । शिक्षक मडैको निधनपछि गाउँ शोकमा डुबेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update