Sagun Khabar
बैतडीको डिलाशैनी गाउँपालिकामा  भोलिबाट अल्ट्रासाउण्ड शिविर

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा  भोलिबाट अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने भएको  छ । भोलि असोज २२ गते सोमबार देखि निःशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने भएको  हो । गाउँपालिकाको  अयोजनामा गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड शिविर  सञ्चालन भैरहेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले  जानकारी दिए ।

भोलि पहिलो  दिन वडा नं  ४ को हाडाकोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुसोत्तम नाथ बताए । यस्तै वडा नं ७ को डिलाशैनी स्वास्थ्य चौकीमा २४ गते , वडा नं  ५ को  पुजारीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा २५ गते निःशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने जनाएको  छ ।  यस्तै  वडा नं १ को  बरम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २६ गते  , वडा नं  २ को कोटपेटरा स्वास्थ्य चौकीमा २७ गते र वडा नं  ३को   रुद्रेश्वर स्वास्थ्य चौकीमा असोज २८ गते शिविर  सञ्चालन हुने भएको  हो ।

गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाई मातृ मृत्यु तथा शिशु मृत्यु रोक्नका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरेको गाउँपालिकाले  जनाएको  छ । पाइक पर्ने  स्वास्थ्य संस्थामा लागेको शिविरमा  आएर  सेवा लिन पनि अनुरोध गरिएको  छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update