Sagun Khabar
क्यान अध्यक्ष चन्दलाई कांग्रेसको वडा कार्यसमितिद्वारा बधाई तथा सम्मान 

बैतडी –नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार सम्मान गरिएको छ । क्यान अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि गृह जिल्ला बैतडीमा रहेका चन्दलाई नेपाली कांग्रेस दशरथचन्द नगरपालिका वडा नं २ को कार्यसमिति देहीमाण्डौंले बधाई तथा सम्मान व्यक्त गरेको हो । 

वडा कार्यसमितिका सभापति बहादुरसिंह बोहराको अध्यक्षतामा सम्पन्न भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द, कांग्रेस बैतडीका पूर्व सभापति नरेन्द्रसिंह थापा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्री (जगदीश)ले बताए । 

चन्द नेपाली कांग्रेस बैतडीका सभापति समेत रहेकाले उनलाई पार्टीका तर्फबाट बधाई तथा सम्मान व्यक्त गरिएको कांग्रेसको वडा कार्यसमितिले जनाएको छ । 

बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै क्यान अध्यक्ष चन्दले क्रिकेट क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए । बैतडीको देहीमाण्डौं क्रिकेटको उर्वर भूमी भएको बताउँदै अध्यक्ष चन्दले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि क्यानले पहल गरिरहेको दाबी गरे । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update