Sagun Khabar
डडेल्धुरामा ५ जना जुवाडे नगदसहित समातिए
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा-  डडेल्धुरामा ५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ। जुवाडेको नाम र मोबाइल के कति समातियो भनेर प्रहरीले खुलाएको छैन्। प्रहरी पुग्दा सधैं जुवाडे भाग्ने गरेकोले प्रहरीको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ। केही दिन अगाडि अमरगढी–२÷३ को बिरादेबाट पनि प्रहरीले जुवाडे भगाएको आरोप लागेको थियो।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update