बलात्कारको आरोपमा बैतडीका २८ वर्षीय युवक पक्राउ
बैतडी - बैतडीका एक युवक बलात्कारको आरोपमा पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका ५ खलिगाडका २८ वर्षीय नरेश जोशीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
जोशीमाथि असोज २१ गते बिहान मेलौली ६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेका आरोप छ । भागेका जोशीलाई आइतबार साँझ लामालेकबाट पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताए ।
पक्राउ परेका जोशीबिरूद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १५:१६
प्रतिक्रिया दिनुहोस्




