Sagun Khabar
बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दियो, दुई जना घाइते 

बैतडी –बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ को हिरापुर नजिकै सोमबार जिपले मोटरसाइकललाई ठक्कर दिएको हो । 

खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको हो । 

जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते रहेका प्रहरीले जनाएको छ । 

उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चन्दलाई अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update