Sagun Khabar
डडेल्धुरामा  मदिरा पसलमा आगलागी हुँदा एक जना घाइते

डडेल्धुरा- डडेल्धुरा सदरमुकाम नजिकै तल्लो खलंगामा गएराती एक पसलमा आगलागी भएको छ। अमरगढी नगरपालिका ४ तल्लो खलंगाका कमल गुरुङको मदिरा पसलमा मध्यराती एक्कासि आगलागी भएको हो।

आगलागीबाट निस्सासिएर गुरुङ घाइते भएको र उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट उनको शरीरको बाहिरी भाग जलेको छ। हात र खुट्टामा जलन भएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

पसलभित्र के कति क्षति भयो भन्ने एकिन जानकारी आइनसकेको र प्रहरी अहिले मुजुल्का उठाउन घटना स्थल पुगेको डडेल्धुराका प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिए।

पसलका साहु अस्पतालमा भएकाले उनी आएपछि मुजुल्का उठाउने कुरा भइरहेको ऐरले बताए।

आगलागी हुने बितिक्कै अमरगढी नगरपालिकाको दमकल घटना स्थल पुगेर आगो नियन्त्ररण लिएकोले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update