Sagun Khabar
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता 

कैलाली –नेकपा एमालेको सुदूरपश्चिम अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो । 

अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

चार जनामध्ये सिंह कंचनपुरका हुन भने अरु तीनै जना अछामका हुन् । निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो ।

निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि बेलुकी ५ बजेदेखि मतदान शुरु हुने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update