बैतडी, बैतडीको शिवनाथ गाउँपालिकामा १० वर्षीया बालिकामाथि यौन दुव्र्यवहार तथा बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवनाथका २३ वर्षीय राकेश साउद रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बालिकाका बुवाले दिएको किटानी जाहेरीका आधारमा साउदलाई बिहीबार नियन्त्रणमा लिइएको हो।
बुधबार बालिकामाथि यौन दुव्र्यवहार तथा जबरजस्ती करणीको प्रयास भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो। बालिकाका परिवारका अनुसार उनी स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहले घटनाबारे जानकारी दिँदै भन्नुभयो, “पीडित पक्षको जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरिएको छ। मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।“
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




