बैतडीका पाँच जना खेलाडी ट्यालेन्ट हन्टबाट अर्को चरणका लागि छनौट
बैतडी–बैतडीका पाँच जना खेलाडी नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सञ्चालन गरेको प्रतिभा खोज (ट्यालेन्ट हन्ट) कार्यक्रमबाट अर्को चरणका लागि छनौट भएका छन् ।
बैतडीमा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रमबाट सुमितसिंह बुडाल, रुपेश चन्द, जयबहादुर नाथ योगी, हिंमाशुसिंह धामी र भाष्कर जोशी अर्को चरणका लागि छनौट भएका हुन् ।
छनौट भएका खेलाडीहरुलाई भोलि धनगढीमा सम्पर्क राख्न सुदूरपश्चिम रोयल्सले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३ १५:२३
प्रतिक्रिया दिनुहोस्




