Sagun Khabar
अस्ताए निङ्गलाशैनी भगवती मन्दिरका ‘मुखिया’बोहरा 

बैतडी –बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरका ‘मुखिया’एवं निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराको निधन भएको छ । 

बैतडीको दशरथचन्द नगरपालिका २ चैंसिरगाउँ देहीमाण्डौं घर भएका बोहराको काठमाण्डौंमा उपचारकै क्रममा मंगलबार दिउँसो निधन भएको उनका छोरा भुवनबहादुर बोहराले बताए । 

५९ बर्षीय बोहरा पेटको समस्याका कारण केही महिना पहिलादेखि काठमाण्डौंमा उपचार गराइरहेका थिए । बोहराको भोलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । 

बोहरा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वको रुपमा रहेका थिए । बोहराको निधनले सामाजिक एवं धार्मिक क्षेत्रमा अपूरणीय क्षति पुगेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका सचिव कृष्णप्रकाश बोहराले बताए । 

बोहराको निधनले देहीमाण्डौं क्षेत्र शोकमा डुबेको छ । मिलनसार, सामाजिक तथा धार्मिक व्यक्तित्व बोहराको निधनले समाजमा ठूलो क्षति भएको स्थानीय चक्रबहादुर बोहराले बताए । 

बोहरका ६ छोरा र दुई श्रीमति रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update