Sagun Khabar
डडेल्धुराको भागेश्वरमा दशैंलक्षित बजार अनुगमन, १३ हजार बढीको अखाद्य सामग्री नष्ट 

डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकाले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गरेको छ । दशैंतिहार जस्ता चाडपर्व नजिक आएकाले बजार अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

पालिकाभित्र रहेका बजारहरुमा यही असोज २१ गतेदेखि अनुगमन गरी १३ हजार २३५ रुपैंया बराबरको म्याद नाघेको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । स्थानीय जनप्रतिनिधि, प्रहरी र अन्य सरोकारवालाहरुको रहोबरमा म्याद नाघेका सामग्री नष्ट गरिएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिकाको बगरकोट, लाकम, बुर्स खानीडाड, पनिउट, जाख, बयलपाट, रुपाल, बोकटा,लामीकाण्डे र नानीगाडमा रहेका पसलहरुको अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न व्यापारीहरुलाई सचेत गराइएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । दशैंको समयमा महंगी र कालोबजारी हुन सक्ने भएकाले त्यस्तो समेत नगर्न व्यापारीहरुलाई भनिएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update