Sagun Khabar
कैलालीमा १२ जुवाडे पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा १२ जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ । 

यो बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update