Sagun Khabar
बैतडीमा सुर्नया–७ को वडा कार्यालयलाई जमीन दान 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ को कार्यालयलाई एकजना स्थानीयले जमीन दान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय नन्दादेवी कुँवर र उनका छोरा जितबहादुर कुँवरले जमीन दान गरेका हुन् । 
वडा कार्यालयलाई ५ रोपनी जमीन दान गरेको कुँवरले बताए । 

सुर्नया गाउँपालिका वडा नं ७ को कार्यालयलाई स्थानीय नन्दादेवी कुँवर र उनका छोराका तर्फबाट ५ रोपनी जमीन दान गरिएको वडा अध्यक्ष भक्तबहादुर कुँवरले बताए । वडाको नाममा जमीन भएपछि अब भवन निर्माणका लागि सहज हुने वडा अध्यक्ष कुँवरले बताए । 

जमीन दान गर्ने दुवैजना आमा–छोरालाई वडा कार्यालयका तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update