Sagun Khabar
डडेल्धुरामा एकजना मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- डडेल्धुरामा एकजना मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाँउपालिका–२ बस्ने अन्दाजी ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन् ।

उनी बडाल जाने बाटो आमबारीमा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुमबहादुर नायकले बताए । उनका अनुसार मृतकको मुखबाट रगत बगेको थियो ।

थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update