
बैतडी- बैतडीको श्रीभावर –हाट सडक खण्ड अवरुद्ध भएको छ । पुर्चौडी नगरपालिका वडा नं ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो जाँदा खण्ड अवरुद्ध भएको हो ।
गएराति गएको सुख्खा पहिरोले सडक खण्ड अवरुद्ध भएको प्रहरीचौकी पुरघाटले जनाएको छ । पहिरो गएर सकड अवरुद्ध भएपछि यात्रु समस्या परेका छन् । सकड सुचारु गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
श्रीभावर –हाट सडक खण्डमा बेला बेला पहिरो जाने भएकाले यात्रुहरु समस्यामा पर्ने गरेका छन्।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० ०८:२१
प्रतिक्रिया दिनुहोस्