
बैतडी- बैतडीको मनेकुँडा गाउँमा पहिलो पटक जिप पुगेको छ । जिल्लाको डिलाशैनी गाँपालिका ७ मनेकुँडा गाउँमा बिहीवार पहिलोपट जिप पुगेको हो । यातायातको पहुँच बारि रहेको गाउँमा सडक विस्तार संगै गाडी पुगेपछि नागरिकहरु खुसि भएका स्थानीय प्रदिप जोशीले बताए ।
घण्टौँ पैदल यात्रा गरेर जानु पर्ने बाध्यता रहेकोमा अब सहज हुने उनले बताए । पहिलो पटक मनेकुडामा जिप लगेर गएका चालक प्रकाश बोरहालाई स्थानीयहरुले फूलमाला लगाएर स्वागत समेत गरेका छन् । डिलाशैनी सरकारको पहलमा सडक विस्तार भएको हो ।
पालिकामा युवा जनप्रतिनिधि आएपछि आफुहरुका गाडी चढने सपना पुरा भएका स्थानीय राजेन्द्र ऐरले बताए । सडक विस्तार भएर गाउँमा गाडी आउन थालेपछि आवतजावतका साथै खाद्यान्न सामग्री ढुवानीका लागि समेत सहज भएको उनले बताए ।
यातायात र विद्युतलाई प्राथमकितामा राखेर नागरिकहरुको बिजुली बाल्ने र गाडी चढ्ने सपना पुरा गर्न लागि परेका डिलाशैनीका जनप्रतिनिधिहरुको भनाई छ । सेरा, नगराउ, धामी गाउँ, बाइम, मनेकुँडा हुँदै मठैराज सम्म सडक विस्तार भैरहको बताइएको छ ।