Sagun Khabar
नेपाल दलित मुक्ती मोर्चा बैतडीको  जिल्ला भेला सम्पन्न

बैतडी- नेकपा  कम्युनिष्ट पार्टी नेकपा माओवादी  केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ती मोर्चा बैतडीको  जिल्ला भेला सम्पन्न भएको  छ । मोर्चाका अध्यक्ष लक्षिराम लोहारको अध्यक्षता ,माओवादी केन्द्र बैतडीका इन्चार्ज  राम प्रशाद तिमिल्सीनाको प्रमुख आतिथ्यतामा पाटन नगरपालिकाको  महिला विकास हलमा बिहीवार भेला सम्पन्न भएको हो । 

सो कार्यक्रममा नेकपा  माओवादी केन्द्र बैतडीका  जिल्ला संयोजक  शंकर भण्डारी, नेपाल दलित मुक्ती मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत बिक बिशिष्ट अतिथि रहेका थिए । भेलाले जिल्ला समन्वय समिति  गठन प्रकृया अगाडी बढाएको  नेपाल दलित मुक्ती मोर्चा बैतडीका संयोजक लक्षिराम लोहारले बताए  ।

Atrya hospital

आज बसेको भेलाले  संयोजक र  सचिव मात्रै चयन गरेको र केहि दिनमै समितिलाई पूर्णता दिइने उनले बताए । भेलाबाट लक्षिराम संयोजकमा चयन भएका हुन् भने  हरिलाल बिकलाई  सचिवमा चयन गरिएको  छ । मोर्चाको ३९ सदस्यीय जिल्ला समन्वय समिति  गठन गरिने बताइएको छ । २०५८ सालमा गठन भएको नेपाल दलित मुक्ती मोर्चा बैतडीले  दलित समुदायले  भोग्दै आएका समस्या र उत्पीडनका विरुद्धमा आवाज उठाउदै  आएको छ ।

साथै विभिन्न कालखण्डमा उत्पीडनमा परेका व्यक्ती, समुदायको पक्षमा वकालत गरेर न्याय दिलाउने काम समेत गर्दै आएको संयोजक लोहारले बताए । अगामी दिनमा पनि मोर्चा दलित समुदायका हरेक समस्याका समाधान गर्ने तर्फ सधै लागि पर्ने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update