बैतडीको पुर्चौडीका ‘हाकिम’ भट्टको सरुवा
बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाका हाकिमको सरुवा भएको छ । नगरपालिकाका हाकिम भानुभक्त भट्टको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सरुवा गरेपछि बिहीवार एक कार्यक्रमका बिच बिदाई गरिएको नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिए ।
भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुर्चाैडी सरुवा गरेको थियो । रक्षा मन्त्रालयमा कार्यरत भट्ट सरुवा पछि बैशाख २०बाट पुर्चौडी नगरपालिकामा हाजिर भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नगरपालिकामा आर्थिक कारोबार लगायतका अन्य कामकारबाही गर्न समस्या भएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १८:१४
प्रतिक्रिया दिनुहोस्




