Sagun Khabar
पहिरोले अवरुद्ध बैतडीको श्रीभावर–हाट सडक अझै खुलेन ! 

बैतडी- पहिरोले अवरुद्ध बैतडीको श्रीभावर –हाट सडक खण्ड अझै खुलेको  छैन् । बुधबार राति देखि अवरुद्ध सडक अझै नखुलेको हो ।  पुर्चौडी नगरपालिका  वडा नं  ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो गएर  अवरुद्ध भएको  सडक अझै सञ्चालन नआएको  पुरघाट प्रहरी चौकीका इन्चार्ज मोतिसिंह बमले बताए ।

बिहीवार बिहानै  देखि सकड सुचारु गर्ने  प्रयास जारी भएपनि पहिरो आउने क्रम नरोकिएकाले  समस्या भएको उनले  बताए । पहिरो सफाइका लागि  जेसिबी लगाइएको  उनको भनाई  छ ।

Atrya hospital

पहिरो गएर  सकड अवरुद्ध भएपछि यात्रु समस्या परेका छन् । श्रीभावर –हाट सडक खण्डमा बेला बेला पहिरो जाने भएकाले यात्रुहरु समस्यामा पर्ने गरेका स्थानीय भरतखत्रीले  बताए  ।

सडक अवरुद्ध भएपछि चाडपर्वका लागि घरफर्केकाहरु समस्यामा परेका छन्  भने खाद्यान्न सामान समेत ढुवानी नहुँदा समस्या हुने देखिएको  छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update