Sagun Khabar
बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसका छात्राहरुलाई सेनेटरी प्याड वितरण
Atrya hospital

बैतडी- बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको  छ । सेटीगाउँ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको पहल तथा डिलाशैनी गाउँपालिकाको  सहयोगमा शुक्रबार क्याम्पसमा अध्यनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो ।

महिनावारी स्वच्छता कार्यक्रमलाई गाउँपालिकामा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उदेश्यले  क्याम्पसमा अध्ययनरत १ सय  बढी छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको  बताइएको  छ ।  एक कार्यक्रमका बिच छात्राहरुलाई  सेनिटरी प्याड वितरण गरिएको सेटिगाउँ बहुमुखी क्याम्पसका स्ववियु उप सभापति  बिरबहादुर  नाथ (दिब्यवीर योगि)ले  जानकारी  दिए  ।

पालिकाको सहयोगमा प्राप्त सेनेटरी प्याड क्याम्पसका स्ववियु सभापति मोहन बोहराले छात्राहरुलाई हस्तान्त्रण गरेका उनले  बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update