Sagun Khabar
बैतडीको पाटनले पायो नयाँ हाकिम, हाजिर भए  शेरबहादुर
Atrya hospital

बैतडी- बैतडीको पाटन नगरपालिकामा नयाँ हाकिम हाजिर भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत शेरबहादुर बुढा पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रबार हाजिर भएका हुन् ।

पाटन नगरपालिकाका निर्वतमान प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको सरुवा भएर गएपछि हाकिम विहिन रहेको पाटनले हाकिम पाएको छ ।  गएको जेठ १० गते पाटन नगरपालिकामा हाजिर भएका शर्मा ३ महिनामै भदौ १७ मा सरुवा भएर   गएपछि नगरपालिका हाकिम विहिन थियो ।

करिब एक महिना पहिले देखि नै नगर प्रमुख गौरी सिंह रावल प्रमुख प्रशासकीय अधिकृतको लागि संघीय राजधानी थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै आर्थिक तथा प्रशासनिक काम गर्न  सहज भएको नगरप्रमुख गौरिसिंह रावलले बताए । बैतडीका स्थानीयतहमा हाकिम लामो समय नटिक्ने भएकाले  समस्या हुँदै आएको  छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update