
बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडी देशभरीबाट कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट १० औँ स्थानमा परेको छ । देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूमध्ये ९४ दशमलव ५६ अंक सहित जिल्ला प्रशासन कार्यालय बैतडी १० औँ स्थानमा परेको हो ।
नेपाल सरकार, गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारी बीच सम्पन्न गत आर्थिक वर्ष २०७९÷८० को कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूमध्ये ९४.५६ अंक सहित १० औँ स्थान हासिल गरी अति उत्कृष्ट कार्यालय भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए ।
कार्यसम्पादन मुल्याङ्कनमा देशभरिमा १० औँ स्थानमा परेर कार्यालय उत्कृष्ट हुँदा खुसि लागेको उनले बताए । सुशासन, विकास, सेवा प्रवाह, विपद् व्यवस्थापन, र समन्वयका सन्दर्भमा खटिने बैतडीका सम्पूर्ण कर्मचारी तथा सञ्चारकर्मीहरुलाई प्रशासनले धन्यवाद ज्ञापन गरेको छ ।