Sagun Khabar
बैतडीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा चालक पक्राउ 
Atrya hospital

बैतडी- बैतडीमा किशोरीमाथि  जबरजस्तीकरणी गरेको आरोपमा चालक पक्राउ परेका छन् । महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९नम्बरको मिनिट्रकका चालक मेलौली नगरपालिका ७ का महेश ओझालाई  किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक  योगेश खत्रीले जानकारी दिए ।

चाकल ओझा माथि सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप लागेको छ । ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन् ।

बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको   किशोरीले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको प्रहरीले  जनाएको  छ । घटनाबारे थप अनुसन्धान हुँदै  छ ।  

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update