Sagun Khabar
सुख्खा पहिरो पन्छ्याएपछि श्रीभावर–हाट सडक सुचारु 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडक सुचारु भएको छ । बिहीबारदेखि सुख्खा पहिरोको कारण अवरुद्ध भएको सडक शुक्रबार साँझदेखि सुचारु भएको पुरघाट प्रहरीचौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक मोतिसिंह बमले जानकारी दिए ।

पुर्चौंडी नगरपालिका ७ गोफा खोला नजिक सडकमाथिबाट सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको थियो । सडकमा खसेको पहिरो पन्छ्याएपछि शुक्रबार साँझदेखि गाडी आवतजावत हुन थालेको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले जानकारी दिए । पहिरो पन्छ्याउनका लागि नगर प्रमुखसहितको टोली खटिएको थियो । 

Atrya hospital

तत्कालका लागि पहिरो पन्छ्याएपनि पहिरोको जोखिम भने कायमै रहेको छ । गोफा खोला नजिक खसेको सुख्खा पहिरो जतिबेला खस्न सक्ने अवस्था रही आएको छ । चाडपर्वको समयमा सडक अवरुद्ध नहोस भनेर पहिरो खसेकै ठाउँमा मेसिन राखिएको नगर प्रमुख बमले बताए । 

सडकमाथिबाट सुख्खा पहिरो खस्ने जोखिम कायमै रहेकाले सतर्क भएर सवारी साधन सञ्चालन र नागरिकहरुलाई आवतजावत गर्दा ध्यान दिन आग्रह गरिएको प्रहरी नायब निरीक्षक बमले बताए । उनले भने ‘सडकमा अझै पनि सुख्खा पहिरोको जोखिम कायमै छ । त्यसैले सतर्क भएर आवतजावत गर्न हामीले सबैलाई आग्रह गरेका छौं ।’

सडक सुचारु भएसंगै पुर्चौंडीको हाटका लागि छुटेका सवारी साधन र हाटबाट अन्यत्रका लागि छुटेका सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन भइरहेका बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update